अछामका १० वटै पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

File Photo
File Photo

नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ। माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो।

जिल्ला ईञ्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ।

बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन गाउँपालिकामा शेरबहादुर बोहरा शिशिरको अध्यक्षामा ५५ सदस्यीय र मेल्लेख गाउँपालिकामा ज्वालासिंह साउदको अध्यक्षमा ५५ सदस्यीय र साँफेबगर नगरपालिकामा रंगबहादुर ठकुल्लाको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ।

यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा अमर विकको अध्यक्षतामा ५५ सदस्यीय, कमलबजार नगरपालिकामा खड्क भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन गरिएको छ।

मंगलसैन नगरपालिकाका राजकुमार सोडारीको अध्यक्षतामा ६५ सदस्यीय तथा तृर्माखाद गाउँपालिकामा मनबहादुर बयकको अध्यक्षतामा ५५ सदस्ययी पालिका संगठन कमिटी गठन गरिएको छ। 

प्रकाशित मिति: : 2021-12-06 12:00:00

प्रतिकृया दिनुहोस्