रोटरी क्लब  पोखरा लेकसाइडको होमस्टे कार्यक्रम सम्पन्न 

रोटरी क्लब अफ पोखरा लेकसाइडको आयोजनामा होमस्टे (घरबास) कार्यक्रम २०७८ सम्पन्न गरेको छ। 

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले तनँहुको ब्यास नगरपालिका वडा नम्बर १४ मा रहेको केशवटार होमस्टेमा घरबास कार्यक्रम सम्पन्न गरेको हो।

ग्रामीण भेगमा स्थापित होमस्टेहरुको प्रवद्र्धनका लागी क्लबले प्रत्येक वर्ष होमस्टे (घरबास) कार्यक्रमको आयोजना गर्ने गरेको र यो वर्ष तनँहुको केशवटार होमस्टेमा घरबास कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मीन बहादुर गुरुङले जानकारी दिए।

क्लबमा आवद्ध सदस्यहरुले ग्रामीण भेगमा रहेको होमस्टेमा बसी त्यहांको संस्कृतिको बारेमा जानकारी संगै गाउले परिवेशमा बसोवास गर्दै सदस्यहरुबीच एक आपसमा रमाइलो गर्ने गरी घरबास कार्यक्रमको आयोजना गरिएको हो। 

यसअघि क्लबको आयोजनामा ल्वाङघलेल, ताङतिङ, र कालावाङ घडेरीमा रहेको होमस्टेमा घरबास कार्यक्रम सम्पन्न भइसकेको छ।

तनँहुको केशवटार मगर बस्तीमा संचालन गरिएको होम स्टेबाट आफुहरुले मगर संस्कृति त्यसमा पनि तनहुमा चर्चित कौडा लाई मौलिक रुपमा नियाल्न सफल भएको समेत कार्यक्रम संयोजक गुरुङले बताए।

मौलिक संस्कृति संगै त्यहांको स्थानिय मगर जातिको खानाको परिकारको स्वाद समेत आफुहरुले लिएको वताउदै केशवटारमा होमस्टेलाई ग्रामीण परिवेशको घरहरुमा ब्यवस्था गर्न सके अन्य होमस्टे भन्दा उत्कृष्ट हुने समेत उनले स्थानियलाई सुझाव समेत दिए।

त्यस्तै रोटरी क्लव अफ पोखरा लेकसाइडका अध्यक्ष हुम आलेले तनहुको मगर गाउ आफु हुर्केको ठाउमा दुई दशक पछि पुग्न पाउँदा निकै खुसी लागेको वताउदै अझैपनि ग्रामीण भेगहरुमा मौलिक संस्कृतिहरु जीवित रुपमै रहेको पाउँदा निकै खुसी लागेको बताए।

मगर बस्तीको मौलिक कौडा नाचलाई केशवटारका स्थानीयहरुले जोगाएर राखेको र भावी पुस्ताले पनि यसको सिको गर्न सके होमस्टेमा आउने पाहुनाहरुले मौलिक संस्कृतिलाई नजिकबाट नियाल्ने सक्ने उनको भनाइ रहेको थियो।

होमस्टेका सल्लाहकार दूर्गा बहादुर आलेले कोभिडका कारण दुई वर्षदेखी बन्द रहेको होमस्टे पछिल्लो समयमा संचालनमा आएको र हालै मात्र रोटरी क्लब अफ पोखरा लेकसाइडको टोलीले आफुहरुको होमस्टेमा बास बस्न आएकोमा धन्यवाद व्यक्त गरे।

केशवटार होमस्टेकै कारण गाउको प्रवद्र्धन भएको र स्थानिय स्तरमा उत्पादिन कृषि उपजले दमौली बजार नगइकनै घरबाटै बिक्री हुन थालेको उनको भनाइ रहेको थियो।

स्थानीय महिलाहरुले घरमै बसेर मास, भट्ट, लोकल कुखुरा, खसी बोका, सुंगुरहरु समेत पाल्ने गरेकोले होमस्टेकै कारण महिलाहरु स्वरोजगार बनेको उनले बताए।

२०७४ सालमा स्थापना भएको केशवटार होमस्टेमा अहिले १७ वटा घरमा होमस्टे सञ्चालन गरिएको छभने एक रातमा ६० जना पाहुनाहरुले बास बस्न सक्ने छन।

प्रकाशित मिति: : 2021-12-05 19:24:00

प्रतिकृया दिनुहोस्