प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएसँगै जबरा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना भएका छन्।

जबरा सोमबार साँझ अस्पताल भर्ना भएका हुन्। सोमबार दिउँसो स्वाब परीक्षण गरिएकोमा जबरामा संक्रमण पुष्टि भएको हो। उनको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति: : 2021-11-29 22:08:00

प्रतिकृया दिनुहोस्