एमाले महाधिवेशन: राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

केन्द्रीय निर्वाचन अध्यक्ष विजय सुब्बाका अनुसार ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने छ।

उनले भोलि मतपरिणाम सार्वजनिक गरेर काठमाडौं फर्किने जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2021-11-29 22:02:00

प्रतिकृया दिनुहोस्