बर्दियामा अति विपन्नलाई चिसोबाट बचाउन राहत वितरण गरिने

बर्दियामा अति विपन्न परिवारलाई चिसोबाट बचाउन राहत वितरण गरिने भएको छ। 

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले चिसोबाट प्रभावित हुन सक्ने अति विपन्न परिवारलाई राहत विरण गर्ने निर्णय गरेको हो।  

प्रमुख जिल्ला अधिकार सुनारको अध्यक्षतामा बसेको बैठकले चिसो सुरु भएको निष्कर्ष निकाल्दै चिसोबाट प्रभावितलाई छिटो राहत वितरण गर्ने निर्णय गरेको छ। जसका लागि यहि २५ गतेसम्म चिसोबाट जोखिममा पर्ने सक्ने नागरिकको पहिचान गरिसक्नु पर्ने बैठकको निर्णय छ। 

अति विपन्न परिवार, न्यानो कपडा नभएका दीर्घ रोगी, अपांगता भएका व्यक्ति, सुत्केरी, गर्भवती महिला, जेष्ठ नागरिक चिसोका समयमा प्रभावित हुन सक्ने भन्दै बैठकले उनीहरुको पहिचान गरी राहत वितरण गर्ने निर्णय गरेको हो । 

साथै सितलहर चलेको समयमा चिसोबाट बचाउन स्थानीय तहहरुले डिभिजन वन कार्यालयसँग समन्वय गरी दाउरा वितरण गर्नुपर्नुे पनि निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-11-29 21:49:00

प्रतिकृया दिनुहोस्