जनता र देशका लागि माओवादी पार्टी बलियो हुनुपर्छ : मन्त्री भुसाल

File photo
File photo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनता र देशका लागि आफ्नो पार्टीले महत्वपूर्ण काम गरेकाले माओवादी पार्टी बलियो हुनुपर्ने बताएकी छन्। 

आज लमजुङ मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा माओवादी केन्द्र मस्र्याङ्दी गाउँ कमिटीको अधिवेशनलाई सम्बोधन गदै उनले देश समृद्ध बनाउनका लागि माओवादी पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्। 

उबले भनिन्, 'माओवादी जनयुद्धका एजेन्डा अहिले राष्ट्रिय एजेन्डा बनेको छ । वैज्ञानिक समाजवादलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सम्बन्धीत सबै पक्ष लाग्नुपर्दछ।'

उनले अहिलेको सत्ता गठबन्धन चुनावसम्म कायम हुने बताइन्।  उनले भनिन्, 'यो गठबन्धन चुनावसम्म मात्र होइन, पछिसम्म पनि कायम रहनुपर्छ।' 

मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष तथा पाार्टीका जिल्ला सदस्य होमबहादुर विकले अब माओवादी पार्टी पालिकामा सबैभन्दा बलियो पार्टी भन्ने दाबी गरिन्।

उनले विगतका जस्तो जनता अबुझ नभएको र गाउँको विकास र जनताको हित सोच्ने पार्टी माओवादी नै जनताको रोजाइमा भएको बताउँदै आगामी निर्वाचनमा आफ्नो पार्टी बलियो हुने विश्वास व्यक्त गरिन्। 

उनले जिल्ला र पालिकाको सडक, जलविद्युत् समस्या, बाढीपहिराले पु¥याएको क्षति र त्यसबाट सिर्जित समस्याको समाधानका लागि पहल गर्न मन्त्री भुसाललाई आग्रह गरिन्।

कार्यक्रममा माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज यशोदा सुवेदी गुरुङ, गण्डकी प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ, पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पराजुली, पारशमणि पौडेल, केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटी सदस्य तथा संविधानसभा सदस्य बुद्धिराम तमु माओवादी, पार्टी मस्र्याङ्दी गाउँ कमिटीका अध्यक्ष दयसागर घिमिरे लगायतको उपस्थिति थियो। 

केन्द्रको पालिका अधिवेशनबाट होमबहादुर तामाङ चयन भएका छन्। सोही गाउँपालिका–८ का तामाङ यसअघि सचिव थिए। त्यस्तै, उपाध्यक्षमा कमलबहादुर खत्री, सचिवमा कमल गुरुङ, सहसचिवमा मदनबहादुर तामाङ र कोषाध्यक्षमा देवीमाया तामाङ चयन भएको केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: : 2021-11-29 21:31:00

प्रतिकृया दिनुहोस्