मुख्यमन्त्री जीवन शाहीले भोली विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले भाेली प्रदेशसभामा विश्वासको मत लिदैछन्। मंगलबार मंसिर १४ गते दिउँसो एक बजे बस्ने कर्णाली प्रदेशसभाकाे बैठक बस्ने भएको छ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिने बताए पनि एमाले भने बैठकमा सहभागी नहुने भएको हो। एमालेको चितवनमा जारी महाधिवेशनमा दलका नेता देखि सांसद सम्म सहभागी भएका र महाधिवेशन नसकिएकोले एमाले भोलिको बैठकमा सहभागी नहुने भएको हो।

उहाँहरुले अधिवेशन आव्हान गर्नेबेला एमाले महाधिवेशनको मिति तोकिएको विषयमा ध्यान नदिनु गम्भीर त्रुटी भएकाे एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बताए। उनले भने, 'उहाँहरु प्रमुख प्रतिपक्षी दल बिना कसरी सदन संचालन गर्नु हुन्छ?,' उनले भने, 'त्यो थाहा छैन तर हामी पार्टीकाे महाधिवेशनमा व्यस्त भएकाले सदनमा उपस्थिति हुन सक्दैनौं।'

प्रकाशित मिति: : 2021-11-29 18:44:00

प्रतिकृया दिनुहोस्