बलात्कार मुद्धामा चिनियाँ नागरिकलाई छुटाउन ‘सेटिङ’ गर्ने युवती पक्राउ

जबर्जस्ती करणी उद्योग मुद्दामा डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै घुस लिने एक महिलालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा पनौती नगरपालिका– १०  घर भई हाल काठमाडौंको सुकेधारास्थित शान्तिकोलोनीमा बस्ने २७ वर्षीया रविना थापा रहेकी छन्।

उनले कारागारमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै अभियुक्त पत्नि कमला भुसालसँग रकम लिएकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार थापाले आफ्नो मान्छे वकील भएको र उनले अदालतमा ‘सेटिङ’गरी छुटकारा दिलाइदिने भनेर २० लाख रकम लिइएकी थिइन्। तर, रकम लिएको लामो समयसम्म पनि थापाले केही वास्ता नगरी आलटाल गरेपछि भुसालले महानगरीय अपराध महाशाखामा उजुरी गरेकी थिइन्।

भुसालको उजुरीको आधारमा प्रहरीले थापालाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेकी थापालाई महाशाखाले थुनामा राखि थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: : 2021-11-29 16:20:00

प्रतिकृया दिनुहोस्