उषाकलासहित ३ महिला प्रदेश १ बाट केन्द्रीय सदस्यमा निर्विरोध 

File Photo
File Photo

नेकपा एमालेको १० औं महाधिवेसनमा प्रदेश १ की सांसद उषकला राईसहित ३ जना महिला केन्द्रीय सदस्यमा निर्बिरोध भएका छिन। प्रदेश १ बाट ३ जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्बिरोध भएका हुन।

एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जनाविरुद्ध अन्यले कुनै उम्मेदवार नदिएपछि राईलगायत तीन महिला निर्बिरोध भएका हुन।

यद्यपि, निर्वाचन समितिले भने औपचारिक रुपमा निर्बिरोधको घोषणा गरेको छैन। 

प्रकाशित मिति: : 2021-11-29 15:30:00

प्रतिकृया दिनुहोस्