प्रदेश– २ बाट प्रभु साहसहित ९ जना एमाले केन्द्रीय सदस्यमा निर्विरोध

नेकपा एमालेको १० औं महाधिवेसनवाट प्रभु साह केन्द्रीय सदस्यमा निर्बिरोध भएका छन। 

केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सूचना अनुसार प्रदेश २ बाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरेपछि साह केन्द्रीय कमिटीमा बिजयी हुने भएका हुन्। प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रीय सदस्य चयन हुने भएका हुन।

प्रदेश–२ बाट पूर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटाबाट केन्द्रीय कमिटीमा पुग्ने भएका छन भने महिला कोटाबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन।

यद्यपि, औपचारिक रुपमा केन्द्रीय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ। 

उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन भने लेखीले केही समयअघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: : 2021-11-29 15:21:00

प्रतिकृया दिनुहोस्