सुर्खेतका ६ पालिकामा माओवादीको नेतृत्व चयन सर्वसम्मत

नेकपा माओवादी केन्द्रले सुर्खेतका नाै वटा स्थानीय तहमध्ये ६ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ।

वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरिगंगा नगरपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेकाे हो।

वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा रत्न गाहा मगर, बराहताल गाउँपालिकाको अध्यक्षमा बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकाकाको अध्यक्षमा केशव शाही, चौकुने गाउँपालिकाको अध्यक्षमा गंगाराम बिक, सिम्ता गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर हमाल र भेरीगंगा नगरपालिकाको अध्यक्षमा गणेश भण्डारी सर्वसम्मत निर्वाचित भएका हुन्।

गुर्भाकोट नगरपालिका र चिङ्गाड गाउँपालिकामा बन्द सत्र जारी रहेको नेकपा माओवादी केन्द्र सुर्खेतका अध्यक्ष कृष्ण जिसिले जानकारी दिए। लेकबेँसी नगरपालिकामा भने अधिवेशन सुरु हुन सकेको छैन।

प्रकाशित मिति: : 2021-11-29 14:05:00

प्रतिकृया दिनुहोस्