बहुमूल्य बुद्धमूर्तिको अनावरण १४ कात्तिकमा राष्ट्रपतिबाट हुने

फाइल तस्वीर
फाइल तस्वीर

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बहुमूल्य बुद्धमूर्ति १४ कात्तिकमा अनावरण हुने भएको छ।

लुम्बिनी गार्डेन फाउण्डेशनको पहल तथा म्यानमारको मा लिविन ग्रुपको सहयोगमा निर्मित बुद्धमूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने भएकी हुन्।

भैरहवामा लुम्बिनी सांस्कृतिक नगरपालिकाले पत्रकार सम्मेलन गरी अनवरण कार्यक्रमबारे जानकारी गराएको छ। १४ कात्तिक आइतबार दिउँसो साढे १२ बजे राष्ट्रपति भण्डारीले मूर्ति अनावरण गर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले जानकारी दिए।

बुद्धमूर्तिलाई शनिबार लुम्बिनी परिक्रमापछि विमानस्थल परिसरमा ल्याइएको थियो।

लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत गौतम बुद्ध विमानस्थलमा राख्नका लागि यो बुद्धमूर्ति ल्याइएको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए। उनका अनुसार म्यानमारका भिक्षु कालिगढले ६ महिना लगाएर सो मूर्ति बनाएका हुन्।

वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ। एक दशमलब नौ मिटर अग्लो रहेको उक्त मूर्ति ६० सेन्टिमिटर चौडाइ र एक मिटर मोटाइ छ। मूर्तिलाई १४ कात्तिकमा स्थानीय निकायमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ। 

प्रकाशित मिति: : 2021-10-28 16:14:00

प्रतिकृया दिनुहोस्