सल्यानका ९ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व चयन

कपुरकाे गाउँपालिका कमिटी
कपुरकाे गाउँपालिका कमिटी

सल्यानका ९ स्थानीय तहमा नेकपा (एमाले)ले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ। 

जिल्लाका दश स्थानीय तहहरुमध्ये ९ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसहमत रुपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु चयन भएका हुन।

जस अनुसार शारदा नगरपालिकामा मधुसूदन शर्मा अध्यक्ष, राम बहादुर भण्डारी उपाध्यक्ष, महेश देवकोटा सचिव तथा  सुरेन्द्र बुढा र प्रलाद श्रेष्ठ  उप– सचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले जानकारी दिए।

यस्तै बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष , उपेन्द्र वली उपाध्यक्ष, मोहन चन्द सचिव, भुपिन भण्डारी र शोभाराम भण्डारी उपसचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको छ।

कपुरकोट गाउँपालिकामा द्रोण केसी अध्यक्ष, ललिता गिरी उपाध्यक्ष, रुपक बुढा सचिव तथा इश्वर बुढा र रुपलाल बुढाथोकी सहसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको सेनले बताए।

कालिमाटी गाउँपालिकामा केशर बुढा अध्यक्ष, वीर बहादुर वली उपाध्यक्ष, वेल बहादुर चन्द सचिव, सुमित्रा राना र मिलन वली उप सचिव रहेको ७३ सदस्यीय कमिटी चयन भएको छ। 

त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खडका अध्यक्ष, शोभाराम डाँगी उपाध्यक्ष, धनराज तुफान सचिव तथा मंगल रेउले र कुन्ता योगी उपसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको छ।

छत्रेश्वरि गाँउपालिकामा ज्ञान बहादुर खडका अध्यक्ष, डुम बहादुर केसी उपाध्यक्ष, देवराज घर्ती सचिव, बसन्त वली उपसचिव सहित ६७ सदस्यीय कमिटी र कुमाख गाउँपालिकामा भैरव शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, तारा बहादुर योगी सचिव, तेजविर कामी र सुरेश चन्द उपसचिव रहेको ७० सदस्यीय कमिटी निर्माण भएको सेनले बताए। 

यसैगरी सिद्धकुमाख गाउँपालिकामा पुष्पा कुमारी बोहरा अध्यक्ष,  गोविन्द रेउले उपाध्यक्ष, लिल बहादुर रोका सचिव तथा गिर्दल रावत र विरेन्द्र बोहरा उप–सचिव रहेको ६९ सदस्यीय कमिटी निर्माण भएको छ।

दार्मा गाउँपालिकामा बल बहादुर वली अध्यक्ष, गणेश बुढाथोकी उपाध्यक्ष, दिपक रोका सचिव तथा भावना वली र दिपक परियार उप सचिव रहेको ६५ सदस्यीय कमिटी निर्माण भएको छ।

प्रकाशित मिति: : 2021-10-27 12:42:00

प्रतिकृया दिनुहोस्