कास्कीमा एकै दिन दुई जनाको मृत्यु

 एकको घरको जग खन्दा पुरिएर, अर्का इनारमा डुबेर 

Symbolic photo
Symbolic photo

पोखरा महानगरपालिका ११ काँहुडाडा लामिछाने थरस्थित निर्माणधिन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डोको भित्ता भत्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली ठुला गाँउ घर भई हाल पोखरा ११ फूलबारी डेरा गरी बस्ने ४१ वर्षीया आईती माया थोकर रहेको प्रहरीले जनाएको छ।

माटोको ढिस्कोले पुरिएर घाइते भएकी उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै पोखरा महानगरपालिका ३१ बेगनास बसपार्कस्थित पानीको इनारमा कास्की अन्नपुर्ण गाउँपालिका ३ भदौरे देउराली बस्ने अन्दाजी २२/२३ वर्षीय राजु लामिछाने मृत अवस्थामा फेला परेका छन्।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-26 18:23:00

प्रतिकृया दिनुहोस्