२४ घण्टामा थपिए ६६६ जना कोरोना संक्रमित

File photo
File photo

पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ। 

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: : 2021-10-26 16:30:00

प्रतिकृया दिनुहोस्