प्रदेश नं १ मा थप १२० मा कोरोना संक्रमण पुष्टि

File Photo
File Photo

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३८, मोरङमा ३५, सुनसरीमा १६, इलाममा पाँच, सङ्खुवासभामा दुई, पाँचथर, ओखलढुङ्गा, तेह्रथुम, धनकुटा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका चार जनामा संक्रमण भएको हो।

स्थानीय पालिकाका अनुसार झापाको विर्तामोडमा ११, दमकमा सात, बुद्धशान्ति र कनकाईमा पाँच÷पाँच, गौरादहमा तीन, भद्रपुर र मेचीनगरमा दुई/दुई, शिवसताक्षी, हल्दिबारी र स्थानीय तह नखुलेका एक÷एक, मोरङको विराटनगरमा २०, कटहरीमा तीन, कानेपोखरी, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा दुई÷दुई, धनपालथान, उर्लाबारी, रतुवामाई र स्थानीय तह नखुलेका एक÷एक, सुनसरीको धरानमा आठ, इटहरीमा चार, दुहवी, बर्जु, गढी र बराहक्षेत्रमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै इलामको इलाम नगरपालिकामा चार र चुलाचुलीमा एक, सङ्खुवासभाको चैनपुर र स्थानीय तह नखुलेका एक÷एक, पाँचथरको फिदिम, ओखलढुङ्गाको सिद्धिचरण, तेह्रथुमको छथर, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको बेलकामा एक÷एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आजै ८९ महिलासहित १६५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन महिलासहित नौ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-19 19:50:00

प्रतिकृया दिनुहोस्