जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

१३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

​यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-10-19 12:39:00

प्रतिकृया दिनुहोस्