कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

Symbolic photo
Symbolic photo

कोल्डस्टोरभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरकाे छ।

​चन्द्रागिरी नगरपालिका-११ बिष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा कोल्डस्टोरका सञ्चालक सोही ठाउँ बस्ने स्याङ्जा बिरुवा गाउँपालिका-६ घर भएकी ४२ वर्षीया आरती लम्साललगायत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

​उक्त कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ हजार २ सय ४० रुपैयाँ र ४  बुक तास सहित पक्राउ गरेको हो।

​यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2021-10-19 12:33:00

प्रतिकृया दिनुहोस्