गृहमन्त्री खाँणले नर्भिक पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि  महासचिव वैद्य आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए।

गृहमन्त्री खाँणले आज बिहान अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारकातर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचार र स्वास्थ्य अवस्थाबारे मन्त्री खाणले उनको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिए।

वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी आफूलाई उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाँणले बताए।

प्रकाशित मिति: : 2021-10-19 11:31:00

प्रतिकृया दिनुहोस्