भागबन्डामा न्यायालय : प्रधानन्यायाधीशलाई सर्वोच्च बारका पदाधिकारीले भेटे 

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेको छ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा पदाधिकारीले सोमबार बिहान प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा भेट गरेको हो।

भेटमा मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भागबन्डा मागेको, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीश रहने/नरहने विवाद संवैधानिक इजलासबाट टुंगो लगाउने सहमति कार्यान्वयन नभएकोलगायत समसामयिक विषयमा छलफल हुने एक पदाधिकारीले बताए। भेटवार्ता अहिले पनि चलिरहेको छ।

प्रधानन्यायाधीशले पनि सरकारमा आफ्नो तर्फबाट मन्त्री मागेको समाचार बाहिरिएपछि उनी विवादमा तानिएका छन्।

प्रकाशित मिति: : 2021-10-04 11:40:00

प्रतिकृया दिनुहोस्