१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो एमाले विधान महाधिवेशन 

Photo - Rss
Photo - Rss

एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ।

गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ।

स्थानीय तहको निर्वाचनको तयारी थाल्न सरकारलाई आग्रह गरेको एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै क्षोभ प्रकट गरेको छ।

समसामयिक राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य रघुजी पन्तले पेस गरेको १५ बुँदे घोषणापत्र पारित गरेको हो। 

प्रकाशित मिति: : 2021-10-03 18:33:00

प्रतिकृया दिनुहोस्