एमाले विधान महाधिवेशन : डा. विजय सुब्बाको नेतृत्वमा निर्वाचन आयोग गठन 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेले डा. विजय सुब्बाको नेतृत्वमा पार्टीको निर्वाचन आयोग गठन गरेको छ।

तीन दिनदेखि जारी पार्टीको प्रथम विधान महाधिवेशनले सुब्बाको नेतृत्वको निर्वाचन आयोग गठन गरेको हो । अध्यक्ष केपी ओलीको प्रस्तावमा सर्वसम्मतले सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको हो।

सदस्यमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, डा. कुन्साङ लामा, रीता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा विसी, सावित्रा निरौला, गेवालाल चौधरी, विमला विश्वकर्मा, लोकबहादुर थापा र हिमप्रला गैरे रहेका छन्। 

प्रकाशित मिति: : 2021-10-03 17:55:00

प्रतिकृया दिनुहोस्