एमाले विधान महाधिवेशन: गोदावरीमा भेला भएका मास्क बिनाका मार्क्सवादी

नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरिएको देखिँदैन।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य लगाउनु पर्ने भए पनि विधान महाधिवेशनमा सहभागी केहीले लगाएको देखिँदैन।

मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने भए पनि महाधिवेशनमा सहभागीहरूले मास्क लगाएका छैनन्। सरकारले अनिवार्य मास्क लगाउन भने पनि यसलाई महाधिवेशनमा सहभागीहरूले बेवास्ता गरेका छन्।

कार्यक्रमका क्रममा कसैले कोरोना नियन्त्रणका सुरक्षा मापदण्ड पालना गर्न र गराउन आग्रहसमेत गरिएको छैन। ६ हजारभन्दा बढी सहभागी महाधिवेशनमा मास्कसमेत लगाएका छैनन्। 

प्रकाशित मिति: : 2021-10-03 17:00:00

प्रतिकृया दिनुहोस्