एमालेको विधान संशोधन प्रस्ताव पारित

Photo- NK
Photo- NK

नेकपा एमालेको विधान संशोधन प्रस्ताव पारित भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको हो।

विधान संशोधनका लागि उपमहहासचिव विष्णु पौडेलले शुक्रबार संशोधन प्रस्ताव पेस गरेका थिए। १० समूहमा समूहगत छलफल भई आएका सुझावहरु समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिइएको थियो। आइतबार उक्त प्रस्ताव पारित भएको हो।

पारित भएको विधानमा चुनाव चिन्ह सूर्यभित्र हँसिया हथाैडा राखिएको छ। त्यस्तै महानगरमा १०१, उपमहागरमा ८५ र नगर तथा गाउँपालिकामा ७५ जना रहने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2021-10-03 15:09:00

प्रतिकृया दिनुहोस्