एमाले केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ।
भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहमा प्रतिवेदनमाथिको छलफल जारी छ।

यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेश हुनेछन्। बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो।

प्रकाशित मिति: : 2021-09-25 13:37:00

प्रतिकृया दिनुहोस्