१० बुँदे कार्यान्वयन नभएको भन्दै भीम रावल असन्तुष्ट

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

उनले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को समीक्षा गर्न माग गरेका छन्।

तर अध्यक्ष केपी शर्मा ओलीले भने यसबारे स्थायी कमिटीमा छलफल गर्ने बताएको एक केन्द्रीय सदस्यले बताए।

प्रकाशित मिति: : 2021-09-24 16:16:00

प्रतिकृया दिनुहोस्