षड्यन्त्र गरेर फसाइयाे, भ्रष्टाचार गरेको ठहर भए जनताको अदालतमा उभिन्छु: गच्छदार

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन्। उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गरे।

उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राखे। 'म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु', उनले भने।

उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गरे। उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको छ भने।

जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उनले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार छु भने।

प्रकाशित मिति: : 2021-09-23 18:21:00

प्रतिकृया दिनुहोस्