माधव–झलनाथको पार्टी बनाउन कम मेहनत चाहिँ हाम्रो पनि थिएन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माधवकुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादी बनाउन आफ्नो ठूलो भूमिका रहेको बताएका छन्।

वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन्।

'केपी ओलीलाई हामीले एक्सपोज गर्‍यौं। माधव र झलनाथको पार्टी बन्यो। पार्टी बनाउनमा कम मेहनत चाहिँ हाम्रो पनि थिएन,' उनले भने, 'उहाँहरूसँग सहकार्य बढाउनुहोला। मोहन वैद्य किरण, विप्लवसँग, बाबुरामसँग हार्दिकता बढाउनुहोला। हामी केन्द्रमा सहकार्य बढाउँदैछौं।'

प्रचण्डले एमालेमा फर्किएका भीम रावलहरूप्रति दया लागेको बताए। उनीहरू ढिलोचाँडो माधव नेपालको पार्टीमा फर्किने उनको भनाइ थियो।

'केपीसँग आत्पसमर्पण गरेका साथी देख्दा दया लाग्छ। ढिलोचाँडो निस्किन्छन्। बस्ने अवस्था नै छ। राजनीतिक रूपबाट होइन ओलीले गरेको कुकर्मका कारण बस्न मिल्ने अवस्था हुने छैन,' उनले भने।

प्रकाशित मिति: : 2021-09-23 15:41:00

प्रतिकृया दिनुहोस्