भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ। तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हाम फालेकी थिइन्। नदी हाम फालेकी अमिला अहिले बेपत्ता छिन्।

घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ। नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटेको छ।

अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-09-16 18:02:00

प्रतिकृया दिनुहोस्