माधव नेपाललाई अष्टलक्ष्मीको आग्रह : तपाईंको बाटो ठीक छैन, एमालेमै फर्किनुस् (भिडियो)

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन्। साथै उनले नेता नेपाललाई एमालेमै फर्कन आग्रह गरेकी छन्।

बिहीबार काठमाडौँ जिल्लास्तरीय एमाले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै शाक्यले नेता नेपालले लिएको बाटो ठिक नभएको भन्दै एमालेमै फर्कन आग्रह गरेकी हुन्।

‘मेरो प्रस्ट धारणा छ। माधव नेपालले लिएको बाटो ठिक होइन, अहिले फुटको होइन, जुटको राजनीति र सुदृढ एमालेको आवश्यक्ता छ’, बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी शाक्यले भनिन्, ‘माधव नेपाल हाम्रो नेता हो तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समीक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भूमिका एमालेमा अझै आवश्यक छ।’

प्रकाशित मिति: : 2021-09-16 14:13:00

प्रतिकृया दिनुहोस्