रामेछापको मन्थलीमा बोलेरो दुर्घटना, ३ जनाको मृत्यु

File photo
File photo

रामेछापको मन्थली नगरपालिका वडा नं १ कुनौरी, बोक्सेमा बोलेरो दुर्घटना भएकाे छ। दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले बताएका छन्।

मृतक तीन जनाको भने सनाखत हुन सकेको छैन। काठमाडौंबाट ओखल्ढुङ्गातर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ३५१३ सामान बोक्ने बोलेरो खुर्कोट-मन्थली सडकखण्डको हात्तिटार(बोक्से)भिरबाट तामाकोशी नदीमा खसेको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका बालकलाई काठमाडौं पठाइएको छ। दुर्घटनाकाे कारणले भने खुल्न सकेकाे छैन। 

प्रकाशित मिति: : 2021-09-16 12:50:00

प्रतिकृया दिनुहोस्