कसले बसायो 'सिस्टम' ?

दिलीप पोखरेल

उर्लाबारी
Breaknlinks
Breaknlinks

हराए मान्छेमा अनुकम्पा
कसले  बसायो सिस्टम
हराए बारीमा चम्पा

हराए अस्पतालमा वेड
कसले  बसायो सिस्टम
हराए मिडियामा आउने विकासप्रेमी हेड

हराए कोभिडको खोप
कसले  बसायो सिस्टम
हराए विपतीमा ठग्नेहरुलाई ध्वस्त पार्ने तोप

हराए झ्यालखानामा सूली
कसले बसायो सिस्टम
हराए नाकमा फुली

हराए राज्यमा राजा
कसले बसायो सिस्टम
हराए प्राचिन बाजा

हराए जंगलमा हाँडिफोर
कसले बसायो सिस्टम
हराए नारायण गोपालका स्वर

हराए नेतामा मार्क्सवाद
कसले बसायो सिस्टम 
हराए समाजमा समाजवाद

हराए प्रजामा राजतन्त्रको मोह
कसले बसायो सिस्टम 
हराए भ्रष्ट बढार्ने बह

हराए नेतामा समाजवाद लोकतन्त्र 
कसले बसायो सिस्टम 
हराए विज्ञ- मजबुद बनाउने अर्थतन्त्र 

हराए  हर-घरमा डोको
कसले बसायो सिस्टम
हराए देउती बोको 

हराए हर फाँटमा कोदो जौँ-फापर
कसले बसायो सिस्टम 
हराए हर-ढाटमा नाम्लो ढाकर।

प्रकाशित मिति: : 2021-05-17 20:48:00

प्रतिकृया दिनुहोस्