नाडाल फ्रेन्च ओपन टेनिसको प्रिक्वाटर फाइनलमा

१२ पटकका विजेता राफायल नाडाल फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन्।

शनिबार बिहान भएको खेलमा इटालीका स्तेफानो ट्राभालियालाई पराजित गरेर नाडाल प्रिक्वाटर फाइनलमा प्रवेश गरेका हुन्।

३४ वर्षका नाडालले ट्राभालियालाई ६–१, ६–४ र ६–० ले पराजित गरेका हुन्।

 ट्राभालियालाई पराजित गरेका नाडालले अब सेबास्टियन कार्डासँग प्रतिस्पर्धा गर्ने छन्। 

प्रकाशित मिति: : 2020-10-03 07:44:04

प्रतिकृया दिनुहोस्