हालेप फ्रेन्च ओपनको चौंथो चरणमा

शीर्ष वरियताकी सिमोना हालेप फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन्।

 शुक्रबार पेरिसमा भएको तेस्रो चरणको खेलमा अमेरिकी अमान्डा अनिसिमोभालाई पराजित गर्दै रोमानियाकी हालेपले चौंथो चरणमा स्थान बनाएकी हुन्।

हालेपले अमान्डामाथि ६-० र ६-१ को सेटमा पराजित गरिन्। २५औँ वरियताकी अमान्डामाथि जित निकाल्न हालेपले मात्र ५४ मिनेटको समय निकालिन।

अब हालेपले अन्तिम १६ मा पोल्याण्डकी इगा स्विटेकसँग खेल्ने छिन्।

युक्रेनी खेलाडी एलिना स्विटोलिनाले पनि अन्तिम १६ मा स्थान बनाएकी छिन्। उनले रुसकी एकाटेरिनालाई ६-४ र ७-५ ले पराजित गरिन्।

प्रकाशित मिति: : 2020-10-03 06:25:49

प्रतिकृया दिनुहोस्