यातायात व्यवसायी र मजदूरको संयुक्त कार्यदलले बुधबार यातायात मजदुर र यात्रुले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरेको छ।
भाेलि बिहीबारबाट लामो, मध्यम र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएपछि मापदण्ड सार्वजनिक गरिएकाे हाे।
कार्यदलद्धारा जारी विज्ञप्तिमा यात्रुलाई यात्रा सुरु गर्नुअघि स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र यात्रुले यात्राभर अनिवार्य मास्क लगाउनुपर्ने छ। यसैगरी यात्रुले यात्रा अवधीभर मास्क लगाइरहनुपर्ने, खाना खाजा खाने स्थानमा भौतिक दुरी कायम गर्नुपर्ने छ।
श्रमिक (चालक, सहचालक, परिचालक, बुकिङ) कर्मचारीले मास्क, स्यानिटाइजर, पन्जा, फेस सिल्ड भाइजरलगायत स्वास्थ्य सुरक्षाका उपकरण अनिवार्य रुपमा लगाउनु पर्नेछ।
यता सवारीको सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रु राखि सरकारले तोकेको ५० प्रतिशत बढी भाडा लिन पाइने छ।
चैत ११ थगतेदेखि सार्वजनिक यातायात ठप्प छन्। लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन लागेकाले जोर-बिजोर प्रणाली लागु हुने छैन।