जाजरकोटको नलगाड नगरपालिका-१० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ। कार्यक्षेत्रमा काम गरिरहेका समयमा बुधबार बिहान उनको मृत्यु भएको हो।
रुकुम (पश्चिम) मुसीकोट नगरपालिका- १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड-१० मा कार्यरत थिए। निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित उनको एक सातापछि मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिइन्।
मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ।