ब्युटी पार्लर र शैलुन सञ्चालन गर्न दिनुपर्ने माग राख्दै मंगलबार व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिनुका साथै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
सौन्दर्य कला व्यवसायमा आबद्ध ललितपुर, भक्तपुर, काठमाडौं र काभ्रे गरि ४ जिल्लाका व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न नदिए सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताएका छ्न्।
प्रदर्शनमा संयुक्त नाइ संघर्ष समितिले ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म प्रदर्शन गरेको थियो। सरकारले कोरोना संक्रमणका बेला अन्य व्यसायहरु सञ्चालन गर्न दिएपनि ब्युटी पार्लर,शैलुन लगायतका सौन्दर्य कला व्यवसायलाई सञ्चालन गर्न दिएको छैन ।सौन्दर्य कला व्यवसायलाई सरकारले धरसायी बनाउन खोजेको व्यवसायीहरुले बताएका छन् ।