सप्तरीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको कुटपिटबाट एक जना नेपालीको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीका अनुसार दशगजा क्षेत्रमा भारतीयले कुटपिट गर्दा डाक्नेश्वरी नगरपालिका ६ कटैयाका ५५ वर्षीय रामदेव यादवको ज्यान गएको हो।
कुटपिटबाट घाइते यादवको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीले जनाएको छ। दशगजा क्षेत्रमा नेपालीले लगाएको धानबालीमा भारतीयले भैँसी चराएकाे विषयमा विवाद हुँदा कुटपिट र हत्या भएको बताइएको छ ।
घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।