पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा मुलुकभर ३३८ महिला र ६४१ पुरूषसहित ९७९ संक्रमित थपिएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा १७३६ जना कोरोना जितेर फर्किएका छन्। यो सँगै निको हुनेको संख्या ३०६७७ जना पुगेका छन्।
काठमाडौं उपत्यकाका तीनसहित मुलुकभरका विभिन्न आइसोलेसनबाट आज थप ४ महिला र ७ पुरूष गरि ११ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंकी ३७ वर्षिया, ९० वर्षिया र ८३ वर्षिया महिला छन्। यस्तै कास्कीकी ६३ वर्षिया महिलाको पनि मृत्यु भएको छ।
मृतक पुरूषहरूमा मोरङका ७६ वर्षिय, सिराहाका ६२ र ८७ वर्षिय सर्लाहीका ३५ वर्षिय, दोलखाका ६९ वर्षिय पुरुष छन्।