कोरोनाबाट मृत्यु भएकाको अंग निकालिल्छ भनेर अफवाह फैलाउने पक्राउ

कोरोना भाइरसबाट मृत्यु भएकाको ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ललितपुरको ढोलाहिटीबाट अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई आज पक्राउ गरेको हो ।

लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए।

सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी समेत गरेका छन्।

उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले जानकारी दिए।

मुलुकी अपराधसंहिता ०७४ को दफा ७० मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

सुब्बाको अन्तरर्वाता ९२ हजारले हेरेका छन् ।

प्रकाशित मिति: : 2020-09-07 13:07:46

प्रतिकृया दिनुहोस्