उपभोक्तालाई ठग्ने वीरगन्जका चार पसलेलाई जिल्ला प्रशासन कार्यालयले नगद जरिवाना गरेको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिकाको पानगल्ली र रानिघाटमा रहेको चार पसलेलाई जनही नगद जरिवाना गराएकाे हाे।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकृत दिलिप खङखत्वेको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले पानगल्लिमा रहेको सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्सलाइ ५० हजार,न्यू सन्तोष जेनरल स्टोरलाई २० हजार, जय पान पसल सेन्टरलाइ २० हजार र रानिघाटमा रहेको न्यू हरिओम किराना पसललाई २० हजार जरिवाना तिराएकाे हाे।
पसलहरुले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेको र म्याद गुज्रेका समान सञ्चित गरेर राखेको फेला परेकाले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजिमको जरिवाना गरिएको खङखत्वेले जानकारी बताए।
टोलिले पसलेलाई वस्तुहरुको कालोबाजारी तथा मूल्यबृद्धि नगरी विक्रि वितरण गर्न निर्देशन समेत दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।