प्राध्यापकहरुमाथि विभेद भएको जनाउँदै आंशिक प्राध्यापक संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले निर्देशिका जलाएको छ।
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले भदौ १ गते पारित गरेको ‘अतिरिक्त कक्षा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७७’ मा विभेद गरेकाे भन्दै निर्देशिका जलाएका हुन्।
क्याम्पस एकाई समितिका अध्यक्ष तेज नारायण यादवको नेतृत्वमा आन्दोलनरत आंशिक प्राध्यापकहरुको विशेष भेलाले आइतबार निर्देशिका जलाएको हो।
कोरोना महामारी तथा निषेधाज्ञामा आफ्नो जिउ ज्यानको माया मारेर आन्दोलनमा उत्रिएका आंशिक प्राध्यापकहरुको माग तत्काल पुनर्गमन संघले माग गरेको छ।
आंशिक प्रध्यापकहरूमाथि भएको विभेदविरुद्ध गरिएको आन्दोलन प्रति त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको प्रजातन्त्रवादी प्राध्यापक संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले पूर्ण समर्थन तथा ऐक्यबद्धता व्यक्त गरेको समेत जनाइएको छ।