लायन्स क्लब अफको आयोजनामा कोरोना कहरमा रक्तदान

बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

लायन्स क्लब अफ काठमाडौं समर्पणको आयोजना तथा सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा शनिबार बाफलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा ३० भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष दिपक वंशलले जानकारी दिए।

क्लवका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।

एक महिना पहिले उक्त क्लवले सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेको थियो। २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लवले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो।    

प्रकाशित मिति: : 2020-09-05 20:58:27

प्रतिकृया दिनुहोस्