हाई इन्टेन्सन लाइनबाट करेन्ट लागेर पुरानो नैकापमा एकजनाको मृत्यु, वडाअध्यक्षकाे घरमा ताेडफाेड

चन्द्रागिरि नगरपालिका–१४, पुरानो नैकापमा हाई इन्टेन्सन लाइनबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। 

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जन गम्भिर घाइते भएका थिए। लगत्तै उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको हो।

No description available.

 हाई इन्टेन्सन लाइनको मुनि चन्द्रगिरि युथ क्लबको भवन विना जानकारी सार्वजनिक जग्गामा बनाएको थियो। 

त्यसविरुद्ध स्थानीयवासीले १४ साउनमा वडा कार्यालयमा निर्माण रोक्न भन्दै उजुरी दिएका थिए। तर, वडाध्यक्षले चासो नदिएपछि स्थानीयले विरोध जनाएका थिए। 

No description available.

यसैबीच मृतक महर्जनसहित सार्वजनिक जग्गा संरक्षण अभियान्ता उक्त भवन हेर्न जाने क्रममा घटना भएको एसपी राठौरले बताए। 

‘बिहान ७:३० मृतक त्यहाँ राखिएको भर्‍याङबाट माथि चढ्दै थिए। छतमा रहेको हाइ इन्टेन्सन लाइनमा छोएपछि करेन्ट लागेको हो मृत्यु भएको हो,’ एसपी राठौर भने।

आक्रोशित स्थानीयले वडाध्यक्ष बस्नेतको घर बाहिर तोडफोड गरेका छन्। घटनापछि महानगरीय प्रहरी बृत्त थानकोट,कीर्तिपुर ,कालिमाटी बलम्वु प्रभागबाट समेत प्रहरी आएका छन्।

प्रकाशित मिति: : 2020-09-04 13:57:48

प्रतिकृया दिनुहोस्