काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारका मृतक तीन जना कैदीबन्दीको पीसीआर नतिजा पोजिटिभ देखिएको छ। १६ भदौमा वीर अस्पतालमा मृत्यु भएका तीनै जनाका आज पीसीआर पोजिटिभ देखिएको हो।
कोरोना पुष्टि हुनेमा बझाङका ६० वर्षिय, सिरहाका ६४ वर्षिय र पाल्पाका ५८ वर्षीय पुरुष छन्। उनीहरू बझाङ, सिरहा र पाल्पा कारागारबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो।
यसअघि कोरोना संक्रमणबाट मेगा अस्पतालमा ४० वर्षीय १ कैदीको पनि मृत्यु भएको थियो।
यो सँगै केन्द्रीय कारागारमा कोरोना संक्रमणबाट मृत्यु हुने कैदीको संख्या ४ पुगेको छ।