दोलई खोलामा कछुवा भेटियो

सांकेतिक तस्बिर

दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित दोलई खोलामा माछा मार्ने क्रममा पहेँलो रङको कछुवा भेटिएको छ। स्थानीयवासी १७ वर्षीय देवीराम चौधरीले माछा मार्ने क्रममा उक्त कछुवा भेटाएका हुन्। 

खोलामा भेटिएकोे कछुवा राप्तीमा गठित वडास्तरीय जलीय जैविक विविधता संरक्षण समूहले सामुदायिक वन क्षेत्रको पोखरीमा छाडेको राप्ती गाउँपालिकाका प्रेस संयोजक तीर्थराज ज्ञवालीले जानकारी दिए। 

उक्त कछुवा भद्दैर प्रजातिको लोपोन्मुख भएको र स्थानीय थारु समुदायमा सुपा जस्तो ठूलो हुने भएकाले सुप्पैहवासमेत भन्ने गरिएको संरक्षण समूहका उपाध्यक्ष जगनारायण चौधरीको भनाइ छ। ३० केजीसम्म तौल भएको सो कछुवा १५ वर्षपछि दोलई खोलामा देखिएको उनले बताए। 


 

प्रकाशित मिति: : 2020-09-04 09:54:54

प्रतिकृया दिनुहोस्