रथ तान्न खाेज्दा झडप, प्रदर्शनकारीले लाठी र गुलेली प्रहार गर्दा इन्सपेक्टरसहित ७ प्रहरी घाइते

रातो मत्स्येन्द्रनाथ रथ तान्न खोज्नेपछि भएको झडपमा एक इन्सपेक्टरसहित ७ प्रहरी घाइते भएका छन्। 

बिहीबार निषेधाज्ञा उल्लंघन गर्दै भेला भएका स्थानियहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याएपछि झडप भएको थियो। 

झडपमा  इन्सपेक्टर रमेश कुमार श्रेष्ठसहित ७ प्रहरी घाइते भएको  महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशील कुमार यादवले जानकारी दिए। 

उनका अनुसार घाइतेहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ। यस्तै भीडले ट्राफिक प्रहरीको एउटा मोटरसाइकल समेत तोडफोड गरेको छ। यस्तै केही स्थानीय नि घाइते भएका छन्।  

उपत्यकाका तीनै जिल्ला प्रशासनले यतिखेर कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दै भिडभाड र भेला गर्न रोक लगाइरहेका छन्।तर, मत्स्येन्द्रनाथ जात्राको सरोकार सांस्कृतिक बाजागाजा गर्नुसँग मात्र नभएर रथ ६र६ महिना बुङ्मती र पाटनमा राख्ने परम्परा रहेको भन्दै उनीहरुले संस्कृति मास्न नपाइने भन्दै नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए। 

दिउँसो १ बजेपछि अवस्था तनावपूर्ण बन्दै गएको थियो। अहिले सो क्षेत्रमा प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए। 

प्रहरीले वाटर क्यानन लिएर पुगेपछि युवाहरुले ढुंगामुडा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले पानीको फोहराले हान्दै युवाहरुलाई लखेटेको थियो। त्यसक्रममा केही राउण्ड अश्रुग्यास प्रहार र लाठीचार्ज गरिएको थियो। 

तर, केही प्रदर्शनकारीहले भाडा, रड, ला७ी र गुलेली समेत हानेर प्रहरीलाई घाइते बनाएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

मत्स्येन्द्रनाथलाई सूर्य दक्षिणायन ९साउनदेखि० हुँदा बुङ्मती र उत्तरायण ९माघदेखि० हुँदा पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा राख्नुपर्ने परम्परा छ। यो भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव मल्ल र कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजुको पालादेखि चल्दै आएको परम्परा हो।

मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमदन जोशीका अनुसार असोज २ गतेबाट एकमहिने मलमास भएकाले रथयात्रा गर्न मिल्दैन। मलमास सकिएको चार दिनपछि दसैं सुरु हुन्छ। दसैंमा बुङ्मतीमा मत्स्येन्द्रनाथको विशेष पूजा गर्नुपर्छ। 

मत्स्येन्द्रनाथलाई साउन १० गते नागपञ्चमीमा पुल्चोकमा रथारोहण गरिएको थियो। परम्पराअनुसार रथारोहणको भोलिपल्ट रथ तान्नुपर्छ।
 

प्रकाशित मिति: : 2020-09-03 17:59:42

प्रतिकृया दिनुहोस्