तिनाउ गाउँपालिका–३ श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगा लागेर घाइते भएकी ३ वर्षीया बालिका करिश्मा चौहानको उपचारको क्रममा बिहीबार निधन भएको छ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार गराइरहेकी उनको उपचारका क्रममा निधन भएको वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले बताए।
बालिकाकी आमा २९ वर्षीया समीक्षा चौहानको मंगलबार राति नै निधन भएको थियो ।
मंगलबार बेलुकी श्रीडाँडाका गोविन्द सोमैको घरमा मोबाइल चार्ज गरेर बसेका उनीहरुको घर माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएका थिए ।