सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० वर्षीय व्यक्ति छन् । 

महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । 

बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जवर्जस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको छ। उनले भने, ‘थप अनुसन्धानका लागि बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्दैछौं ।’

प्रहरीका अनुसार बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । त्यसक्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको थियो ।

प्रकाशित मिति: : 2020-09-02 13:14:13

प्रतिकृया दिनुहोस्