गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा तनहुँ जिल्लाको ब्यास-६ का २४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।
हालै पोखरा महानगरपालिका, अमरसिंह चोकमा बसोबास गर्दै आइरहेका संक्रमित उनी डोजर व्यवसायमा संलग्न छन्।
संक्रमित उनलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको उनले बताए। नयाँ संक्रमित थपिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४६ पुगेको छ |